काठमाडौं । नेपाल राष्ट्र बैंकले शिक्षा सेवा शुल्कबापतको रकम फिर्ता गराउन निर्देशन दिएको छ । सोमबार सार्वजनिकरूपमा सूचना जारी गर्दै राष्ट्र विविध कारणले वैदेशिक अध्ययनमा जान नपाएका विद्यार्थीले दाखिला गरेको शिक्षा सेवा शुल्कबापतको रकम फिर्ता गराउन निर्देशन दिएको छ ।
राष्ट्र बैंकका अनुसार उक्त रकम सरल र छिटो प्रक्रियाद्वारा फिर्ता दिने प्रयोजनका लागि आन्तरिक राजस्व विभागले यही साउन २१ गते शिक्षा सेवा शुल्क फिर्तासम्बन्धी प्रक्रियागत मापदण्ड २०७८ स्वीकृत गरेको हुँदा सोहीबमोजिम गर्न÷गराउन विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबैको लागि सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो ।