काठमाडौं । सेयर बजार परिसुचक झिनो अंकले उकालो लागेको छ । अघिल्लो दिन पाँच दसलव ७२ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंगलबार शुन्य दसमलव २३ अंकले उकालो लागेर तीन हजार एक सय ६० दसमलव ३१ अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स आज शुन्य दसमलव ३५ अंकले उकालो लागेर पाँच सय ९३ दसमलव २८ अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २१ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जस अन्तर्गत एक लाख ६१ हजार सात सय २१ पटकको कारोवारमा तीन करोड छ लाख १३ हजार चार सय ३९ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल सेयर कारोवार रकम १८ अर्ब २० करोड ४९ लाख ३९ हजार दुई सय ३७ रुपैयाँ पुग्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये सात वटा उपसमुहरुको सुचक ओरालो लागेका छन् भने छ वटा उपसमुहरुको सुचक उकालो लागेका छन् । जसमध्ये बाणिज्य बैंक, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, अन्य र सामुहिक लगानी कोष समुहरुको सुचक ओरालो लागेका छन् भने बिकास बैंक, जलबिद्युत, फाईनान्स, लघुबित्त र लगानी उपसमुहहरुको सुचक उकालो लागेका छन् ।