काठमाडौं । अनलाइन बजार दराजले दराज मल फेस्टिभल सुरु हुने घोषणा गरेको छ । बुधबारबाट सुरु हुने यस अभियानको मुख्य हाइलाइटहरू भने एड टु कार्ट, वेलकम गिफ्ट, मेगा भौचर, बैंक कार्डमार्फत अनलाइन प्रि–पेमेन्टमा १५ प्रतिशत छुट, इमेज रिभ्यु एन्ड विन, फलो एन्ड विन, बम्पर उपहारमा शाओमी मी ११ एक्स प्रो छन् ।
साथै ग्राहहरुलाई निःशुल्क डेलिभरी तथा अन्य थुप्रै पुरस्कार जित्ने मौका समेत रहेको कम्पनीले जनाएको छ । दराजमलमा सोनी, सामसङ, गोल्डस्टार, रिम्याक्स, वाइल्डहर्न साथै तीन सयभन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरु रहेका छन् । यहाँ शतप्रतिशत प्रामाणिक उत्पादनहरु रहेको र १४ दिनसम्म फिर्ता हुने सुविधा समेत रहेको कम्पनीले जनाएको छ । विगतमा जस्तै कम्पनीले ग्राहकहरुलाई बैंक डेज छुटमार्फत डेबिट र क्रेडिट कार्डबाट प्रिपेमेन्ट गर्दा थप १५ प्रतिशतसम्म छुट दिने भएको छ ।
कम्पनीका अनुसार सोमबार सानीमा बैंकको, बुधबार एनआईसी एसिया बैंकको, बिहीबार माछापुच्छ्रे बैंकको, बिहीबार मेगा बैंकको क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत र डेबिट कार्ड भुक्तानीमा १० प्रतिशतसम्मको छुट पाइनेछ । यस्तै बिहीबार हिमालयन बैंकको कार्ड भुक्तानीमा १५ प्रतिशत, शुक्रबार नबिल बैंकमार्फत १० प्रतिशत र शनिबार स्टान्डर्ड चार्टर्ड बैंकबाटमार्फत १० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ ।
यसबाहेक, पहिलोपटक भिसा कार्डमार्फत भुक्तानी गर्ने दराज ग्राहकहरूले २० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । भिसा डेबिट कार्डमार्फत प्रि–पेमेन्ट गरेमा १५ प्रतिशतसम्म छुट र भिसा क्रेडिट कार्डमार्फत प्रि–पेमेन्टमा २० प्रतिशत छुट पाउन सक्नेछन् । त्यसैगरी एनआईसी एसिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकको ग्राहकहरुले सजिलो मासिक किस्ता सेवामार्फत शपिङ गर्न पाउनेछन् ।
उक्त बैंकका ग्राहकहरुले क्रेडिट कार्डको साथ आफूलाई मन परेको उत्पादनहरु शून्य ब्याज र शून्य डाउनपेमेन्टमा खरिद गर्न सक्छन् । यस्तै ब्रान्ड अफ द डे अफरले ग्राहकहरुलाई आफ्नो मनपर्ने ब्रान्डमा थप छुट प्राप्त गर्न सक्नेछन् । यस अफरअनुसार अमय्रा फ्यासन हाउसले आफ्नो उत्पादनहरुमा ६५ प्रतिशत, एर्केले ५० प्रतिशत, स्टार स्ट्रक बाई सन्नी लिओनले फ्ल्याट ४० प्रतिशतको छुट दिने प्रस्ताव गरेको छ । साथै ग्राहकहरुले ६४ हजार नौ सय ९९ रुपैयाँको शाओमी मी ११ एक्स प्रो बम्पर उपहारको रुपमा जित्न मौका पाउनेछन् ।