काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको भदौ एक गते अर्थात मंगलबार १५ लाख कित्ता साधारण सेयरको बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुुङ क्षेत्रका स्थानीयवासीहरूको लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १५ करोड रुपैयाँबराबरको १५ लाख कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो ।
एनएमबी क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको कम्पनीको सेयर बिक्रीकार्य छिटोमा भदौ १५ गते र ढिलोमा भदौ ३० गते बन्द हुुने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताको लागि जारी पुँजी एक अर्ब ५० करोड रुपैयाँमध्येबाट १० प्रतिशतको अनुपातमा साधारण सेयर जारी गर्न लागेको हो । खरिदकर्ताहरूले न्यूनतम ५० देखि अधिकतम ५० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।