काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले पदभार गरेका छन् । उनले मंगलबार बैंकमा आयोजित एक विशेष समारोहबीच पदभार ग्रहण गरेका हुुन् । गत साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो ।
तीन दशकभन्दा लामो समय बैंकिङ क्षेत्रमा कार्यरत रेग्मी २०६५ वैशाखमा नायब प्रबन्धक तहबाट ग्लोबल आईएमई बैंकमा प्रवेश गरेका थिए । रेग्मीले अहिले ग्लोबल आईएमई बैंकको कर्जातर्फ साना तथा मझौला, खुद्रा कर्जा, अपरेसन तथा सामान्य प्रशासन विभागको सुपरिवेक्षण गरेका छन् । बेलायतको युनिभर्सिटी अफ वेल्सबाट एमबीए तथा त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा अब्बल मानिन्छन् ।