काठमाडौं, माघ १०
महिन्द्रा एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ पाएको घोषणा गरेको छ । एक्सयूभी ३०० ग्लोबल एनसीएपीद्वारा परीक्षण गरिएका सबै फाइभ स्टार रेटिङ प्राप्त भारतीय सवारी साधनहरूमध्ये सर्वाधिक अंक प्राप्त गर्ने पहिलो सवारीसाधन बनेको छ । एक्सयूभी ३०० बालबालिकाहरूको सुरक्षामा पनि फोर स्टार रेटिङ पाउने पहिलो भारतीय सवारीसाधन बनेको छ ।
कम्पनीका अनुसार फाइभ स्टार रेडिङका लागि छेउबाट पर्ने धक्काको असर कम हुने प्रदर्शन पूर्वशर्तमध्ये एक हो र छेउबाट पर्ने धक्काको असर कम हुने प्रदर्शनमा सबै फाइभ स्टार रेटिङ पाएका कारहरूमध्ये एक्सयूभी ३०० को प्रदर्शन सबैभन्दा उत्तम छ । महिन्द्रा एन्ड महिन्द्राको अटोमोटिभतर्फका प्रेसिडेन्ड राजन वाढेराले फाइभ स्टार रेटिङले सुरक्षाप्रति कम्पनीको निरन्तर प्रतिबद्धतालाई दोहो-याएको बताए । महिन्द्रा एक्सयूभी ३०० मा ७ वटा एयरब्याग, सबै चार वटै पाङ्ग्रामा डिस्क बे्रक, फ्रन्ट पार्किङ सेन्सर र हिटेड ओआरभीएमहरुसहितका ‘फस्र्ट–इन–सेगमेन्ट’का थुप्रै विशेषताहरुले यसलाई अतुलनीय बनाएको छ ।
एक्सयूभी ३०० ले उपभोक्ता कार सुरक्षा परीक्षण निकायहरूको छाता निकाय ग्लोबल एनसीएपीद्वारा फाइभ स्टार रेटिङको सम्मान प्राप्त गरेर भारतमा सवारी साधन सुरक्षाको नयाँ मानक कीर्तिमान स्थापना गरेको छ । हालै जर्मनीमा महिन्द्रा एक्सयूभी ३०० को औपचारिक ग्लोबल एनसीएपी परीक्षण गरिएको हो । ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ एक्सयूभी ३०० नेपालभरि रहेका अग्नि इन्कर्पाोरेटेडका डिलर सञ्जालमा उपलब्ध छन् ।