काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले धरानमा पूर्ण सुविधासम्पन्न नयाँ शोरुम ‘अर्ब्रिन एन्ड ब्रदर्स अटो’को उद्घाटन गरेको छ । नेपालमा सबैभन्दा अधिक ब्रिक्री हुने र विश्वासिलो अटोमोबाइल ब्राण्ड बजाजले अझ बढी सुविधासम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले धरानमा पनि शोरुम सञ्चालनमा ल्याएको जनाएको छ । यस उद्देश्यलाई सार्थक बनाउन अर्ब्रिन एण्ड ब्रदर्स अटोका प्रोपाइटर अर्ब्रिन तामांगलाई डिलरसिप प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार बजाज ग्राहकहरूले खरिद गरेको सामग्रीको अधिकतम महत्व प्रदान गर्न सधैँ प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरूलाई बाइकको स्पेयर्स पार्ट्स तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीको भनाइ छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने गोल्छा गु्रपका डिरेक्टर अभिमन्यु गोल्छाले बताए । उनका अनुसार बजाजले देशभरका ग्राहकहरूलाई गुणस्तरीय र छिटो सुविधा पु-याउने प्रयास गरिरहेको छ । शोरुम उद्घाटनको अवसरमा अर्ब्रिन एण्ड ब्रदर्स अटोले एण्ड ब्रदर्स अटोले मोटरसाइकल किन्ने ग्राहकहरूका लागि आकर्षक उपहारको व्यवस्था पनि गरेको जनाएको छ ।