काठमाडौं । मल्टीपर्पस फिनान्सले आर्थिक वर्ष २०७७–०७८ मा एक करोड ५५ लाख ३५ हजार ७६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा एक करोड ३९ लाख छ हजार नौ सय ५७ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको फाइनान्सले आव २०७७–०७८ मा ३६ करोड ९० लाख ३० हजार छ सय ४२ रुपैयाँ निक्षेप संकलन गरी ४२ करोड ६८ लाख ८३ हजार छ सय ९४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई करोड ५९ लाख ४२ हजार ४१ रुपैैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ६१ प्रतिशत रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा फाइनान्सले २३ करोड ८८ लाख ८३ हजार सात सय ७९ रुपैयाँ निक्षेप संकलन गरी ३२ करोड २० लाख १७ हजार नौ सय ८२ रुपैैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई करोड ५० लाख ९६ हजार तीनि सय १० रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव ५० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ३२ प्रतिशत रहेको थियो ।