काठमाडौं । कुमारी बैंक लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका निमित्त दमक उद्योग वाणिज्य संघद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा कुमारी बैंकले ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
कोरोना भाइरस महामारीको रोकथामका साथ महामारीले प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा प्रभावित विविध क्षेत्रहरूलाई उजागर गर्नलगायत न्यून आमदानी भएका अति विपन्न, सीमान्तकृत परिवारहरूलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सो कोषले विविध कार्यक्रमहरू गर्दै आएको छ । एक संक्षिप्त कार्यक्रममाझ बैंकका उर्लाबारी शाखाका प्रबन्धक युवराज दाहालले दमक वाणिज्य संघका अध्यक्षश्री गोकुल श्रेष्ठ, पूर्वअध्यक्ष तथा महामारी नियन्त्रण अभियानका संयोजक प्रकाश प्रसाईँलाई संयुक्तरूपमा सहयोग रकमबराबरको चेक हस्तान्तरण गरेका हुुन् ।
कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्थालगायतका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश १ मा दमक उद्योग वाणिज्य संघले गर्दै आएको प्रसंशनीय कार्यहरूको सरहना स्वरूपउक्त सहयोग रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ । लकडाउनको यो विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरूलाई देशव्यापी सक्रिय एटीएम सेवालगायत नगद काउन्टर, रेमिट्यान्सलगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउँदै आएको छ ।