काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–०७८ मा एक करोड १९ लाख चार हजार रुपैयाँ खुद मुुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा चार लाख ७९ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी सात करोड रुपैयाँ रहेको संस्थाले आव २०७७–०७८ मा ६४ करोड ७७ लाख ६७ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब एक करोड ५९ लाख ६६ हजार रुपैैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड ५८ लाख ८२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ९१ लाख २३ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात पाँच दशमलव ८१ प्रतिशत रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने संस्थाले ५५ करोड २३ लाख नौ हजार रुपैयाँ निक्षेप संकलन गरी ७९ करोड ३७ लाख २२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड २८ लाख ४५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा तीन प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।