काठमाडौं । ग्रामीण विकास लघुुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–०७८ मा ३५ करोड ९५ लाख ९२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा पाँच करोड ३३ लाख ९३ हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको संस्थाले आव २०७७–०७८ मा तीन अर्ब ७९ करोड ८५ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरी १२ अर्ब ६६ करोड ७४ लाख ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब २३ करोड ९५ लाख ४७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २२ करोड दुई लाख ८३ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ३५ प्रतिशत रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने संस्थाले तीन अर्ब ५६ करोड २७ लाख ४३ हजार रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब २८ करोड ९४ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब तीन करोड पाँच लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।