काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेपछि एक कार्यक्रम गरी एकीकृत कारोबार सञ्चालन गरेको छ । उक्त कार्यक्रममा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका सञ्चालक तथा संयुक्त मर्जर वा प्राप्ति समितिको संयोजक बलराम विष्टको सभापतित्वमा केन्द्रीय कार्यालय गैंडाकोट, नवपपुरमा सम्पन्न भएको छ ।
एकीकृत कारोबार शुभारम्भ समारोहको समुद्घाटन समारोहका सभापति र साबिक नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिका अध्यक्ष रमेशकुमार कर्मचार्यले संयुक्तरूपमा भर्चुअलमार्फत गरेका थिए । उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामाले उपस्थित सञ्चालक, अतिथि र सम्पूर्ण ग्राहकहरूलाई स्वागत गरेका थिए ।
कार्यक्रममा दुवै वित्तीय संस्थाको तर्फबाट सञ्चालक, संयुक्त मर्जर समितिका सदस्यहरूबाट समेत शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति बलराम विष्टले प्राप्तिपश्चात् इन्फिनिटी लघुवित्त वित्तीय संस्था पनि बजारमा प्रतिस्पर्धा गर्न सक्ने एक सवल तथा सक्षम वित्तीय संस्थाको रूपमा अगाडि बढ्ने बताए । यसै अवसरमा यस कार्यक्रममा सहयोग गर्नुे नेपाल राष्ट्र बैंक, सम्पूर्ण नियामक निकाय, दुवै वित्तीय संस्थाका सञ्चालक समिति, संयुक्त मर्जर समिति, दुवै संस्थाका संस्थापक तथा सेयरधनीहरू, दुवै संस्थाका व्यवस्थापन समिति, कर्मचारी तथा ग्राहक सदस्यहरूमा समेत धन्यवाद ज्ञापन गरेका थिए ।
एकीकृत कारोबारपछि संस्थाको पुुँजी ३२ करोड ४६ लाख, सेवा पुगेको जिल्ला ३९, शाखा संख्या ८५, कर्मचारी संख्या तीन सय ४२, सदस्य संख्या ७४ हजार, निक्षेप एक अर्व १५ करोड, कर्जा रकम चार अर्व १४ करोडभन्दा बढी हुने भएकोले सबल, सक्षम, ग्राहकहरूमा गुणस्तरीय सेवा, नवप्रवर्तनकारी संस्थाको रूपमा अगाडि बढाउने जानकारी प्रमुख कार्यकारी अधिकृतबाट भएको थियो ।