बेइजिङ । चीनको कच्चा स्टिल उत्पादन गत महिना घटेको छ । राष्ट्रिय तथ्यांक विभाग (एनबीएस) को तथ्यांकअनुसार चीनको कच्चा स्टिलको उत्पादन गत महिना घटेको पाइएको हो ।
‘जुलाईमा देशको कच्ची स्टिल उत्पादन ८६.७९ मिलियन टन रहेको छ र यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.४ प्रतिशत कम हो’, विभागले आफ्नो सूचनामा भनेको छ । वर्षको पहिलो सात महिनामा कच्चा स्टिलको उत्पादन वर्षमा ८ प्रतिशतले वृद्धि भएर ६४८.३३ करोड टन पुगेको थियो । चीनले जुलाईमा एक करोड १० लाख टन स्टिल उत्पादन गरेको थियो । यो खघिल्लो बर्षको तुलनामा ६.६ प्रतिशतले कमी हो ।
एनबीएसका अनुसार जनवरी–जुलाई अवधिमा स्टिलको उत्पादन ८०९.०२ करोड टन पुग्यो र यो एक वर्ष पहिलेको तुलनामा १०.५ प्रतिशतके वृद्धि हो । हालैका वर्षहरूमा चीनले विशेष गरी ऊर्जा खपत गर्ने स्टिल उत्पादनको क्षेत्रमा लगाउँदै आएको क्षमता कम गर्न ठोस कदम चालिसकेको छ । चीनले यहाँको १३ औं पञ्चवर्षीय योजना अवधि (सन् २०१६–२०२०) को अवधिमा आफ्नो स्टिल उत्पादनलाई निर्धारित समयभन्दा १५ करोड टनले कम गर्ने लक्ष्य लिएको थियो ।