काठमाडौं । रोटरी इन्टरनेशनलले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । रोटरी इ–क्लब अफ डिस्ट्रिक्ट ३२९२ नेपाल, रोटरी क्लब अफ जाउलाखेल मन्जुश्री र रोटरी क्लब अफ सैंबु भैँसेपाटीको संयुक्त आयोजनामा ललितपुरको भैंसेपाटीस्थित सल्लाघारीमा गत शनिबार उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
रोटरी क्लब अफ त्रिपुरेश्वर, ग्रीन भ्याली ग्रीन नेपाल र ललितपुर महानगरपालिका, वडा नं २५ को प्रमुख सहयोगमा गरिएको कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ का निवर्तमान डिस्ट्रिक्ट गभर्नर रोटेरीयन राजीव पोख्रेल तथा ललितपुर महानगरपालिका वडा नं २५ को वडा अध्यक्ष विष्णु कुमार कार्की लगायतको सहभागिता थियो ।
कार्यक्रममा करिब दुई सय ५० वटाभन्दा बिरुवाहरु रोपी वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको हो । वृक्षरोपण कार्यक्रममा उपर्युक्त क्लब र संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । साथै, रोटरी इ–क्लब अफ डिस्ट्रिक्ट ३२९२ नेपालले वातावरण जोगाऔं र स्वच्छ सास फेरौं भन्ने नाराका साथ् बिहान पुल्चोकदेखि सिकाली, खोकना हुँदै भैँसेपाटीसम्म साइक्लिङ कार्यक्रमको पनि आयोजना गरिएको थियो ।