काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–०७८ मा तीन करोड ३१ लाख ९८ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ९९ लाख ११ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी छ करोड ६० लाख रूपैयाँ रहेको संस्थाले १९ करोड ९९ लाख ९३ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब २६ लाख १६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड ७१ लाख तीन हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १७ लाख ४६ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ४८ प्रतिशत रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने संस्थाले १६ करोड ९८ लाख ३२ हजार रूपैयाँ निक्षेप संकलन गरी ८७ करोड ५७ लाख ८३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ६७ लाख ८५ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ९७ लाख ८५ हजार रूपैयाँ रहेको संस्थामा चार दशमलव ७८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।