काठमाडौं । सीआईसी नेपाल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–०७८ मा ५१ लाख ८२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा तीन करोड ४३ लाख २४ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी आठ करोड २१ लाख आठ हजार रूपैयाँ रहेको संस्थाले आव २०७७–०७८ मा ८८ करोड १६ लाख ४६ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७४ करोड ९५ लाख ३८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १३ करोड ९९ लाख १५ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड २७ लाख २१ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ८४ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले ७१ करोड ७६ लाख १७ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ११ करोड नौ लाख ६५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १० करोड १९ लाख ५२ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा आठ दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।