काठमाडौं । रिलायन्स फाइनान्सले आर्थिक वर्ष २०७७–०७८ मा १३ करोड ६६ लाख नौ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा १० करोड २५ लाख ३३ हजार रूपैंयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ९१ करोड ५६ लाख ५८ हजार रूपैयाँ रहेको फाइनान्सले आव २०७७–०७८ मा पाँच अर्ब ८३ करोड ९९ लाख २४ हजार रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३९ करोड ९५ लाख ८३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १५ करोड नौ लाख २८ हजार रूपैैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सको निष्क्रिय कर्जा चार दशमलव १६ प्रतिशत रहेको छ । सो अवधिमा चार दशमलव ८१ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको बितरणयोग्य नाफा भने १५ करोड ५२ लाख १७ हजार रूपैयाँ रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सले पाँच अर्ब २० करोड ७४ लाख ८७ हजार रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब रूपैयाँको हाराहारीमा कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २१ करोड ५० लाख २२ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ४० प्रतिशत रहेको थियो ।