काठमाडौं । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले चाडपर्वको अवसर पारेर नेपाली बजारमा ‘ड्याट्सन फेस्टिभ हट डिल’ योजना सार्वजनिक गरेको छ ।
कार खरिद गर्ने व्यक्तिहरुका लागि चाडपर्व एक सुवर्ण मौका पनि हो भन्ने कुरालाई मध्यनजर गर्दै कम्पनीले नेपालीहरुको महान् चाड दशैँको अवसरमा यो आकर्षक योजना प्रस्तुत गरेको छ । यस योजनामा ग्राहकलाई कुल दुई लाख चार हजार एक सय ५२ रुपैयाँबराबरको विशेष सुविधा, एक लाख २५ हजार रुपैयाँ नगद छुटको साथै कार खरिद गर्ने ग्राहकलाई २७ हजार नौ सय ९९ रुपैयाँ मूल्य पर्ने रेडमी नोट १० एस प्रदान गरिनेछ ।
साथै एक वर्षको बीमा तथा सवारी कर, वारेन्टी तथा सर्भिसिङको व्यवस्था पनि गरिएको छ । ग्राहकलाई तत्काल फाइनान्स तथा एक्सचेन्ज सुविधाको व्यवस्था पनि गरिएको छ । यो योजना नेपालभर रहेका ड्याट्सन शोरुमहरुमा लागू हुने कम्पनीले जनाएको छ ।