काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आठ करोड रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला भएको छ । कम्पनीले यही भदौ नौ गते अर्थात् आज बुधबारबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी आठ लाख कित्ता साधारण सेयरको बिक्री खुला गरेको छ ।
बिक्री प्रर्वन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको कम्पनीको सेयर बिक्री कार्य छिटोमा भदौ १३ गते बन्द हुनेछ भने ढिलोमा भदौ २३ गते बन्द हुनेछ । लगानीकर्ताहरूले न्यूनतम १० देखि अधिकतम ६० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । बिक्री गरिने कुल सेयरमध्येमा पाँच प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोषको लागि, दुई प्रतिशत अर्थात् १६ हजार कित्ता कर्मचारीहरूको लागि र बाँकी सात लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणको लागि बिक्री हुनेछ । अधिकृत पुँजी ४० करोड एवं जारी पुँजी ४० करोड रुपैयाँ रहेको कम्पनीको साधारण सेयरको बिक्रीपश्चात् चुक्ता पुँजी पनि ४० करोड रुपैयाँ नै पुग्नेछ ।