काठमाडौं । समृद्धि फाइनान्सले आर्थिक वर्ष २०७७–०७८ मा ४४ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा तीन करोड २८ लाख ७७ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ४२ करोड ८३ लाख ८५ हजार रुपैयाँ रहेको फाइनान्सले आव २०७७–०७८ मा ९५ करोड १० लाख ५३ हजार रुपैयाँ निक्षेप संकलन गरी ८३ करोड ५१ लाख ३१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा दुई करोड ६८ लाख ७३ हजार रुपैंयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सनमा पाँच दशमलव एक प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव आठ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको बितरणयोग्य नाफा भने २८ लाख ९५ हजार रुपैयाँ रहेको थियो ।
अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सले २० करोड ५६ लाख ८२ हजार रुपैयाँ निक्षेप संकलन गरी १८ करोड ६९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड नौं लाख ५५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा ८६ दशमलव छ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर १० दशमलव पाँच प्रतिशत रहेको थियो ।