सोलुखुम्बु । करिब एक महिनादेखि बन्द रहेको मालपोत कार्यालय सोलुखुम्बुको सेवा सुचारु भएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गत साउन २२ गतेबाट बन्द रहेको कार्यालयको सेवा बुधबारबाट सुचारु भएको कार्यालयका सूचना अधिकारी धनबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार आइतबारबाट भने जग्गासम्बन्धीको सेवा पालिकाको आधारमा निर्धारण गरिनेछ । जसमा आइतबार खुुम्बु पासाङल्हामु गाउँपालिका र लिखुपिके गाउँपालिका, सोमबार महाकुलुङ तथा सोताङ गाउँपालिकाका नागरिकहरूलाई सेवा प्रदान गरिने छ । यस्तै, मंगलबार सोलु दुधकुण्ड नगरपालिका, बुधबार माप्य दुधकोशी गाउँपालिका, बिहीबार थुलुङ दुधकोशी गाउँपालिका र शुक्रबार नेचासल्यान गाउँपालिकाका नागरिकरुलाई सेवा प्रदान गरिने कार्यालयले जनाएको छ ।