काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७७–०७८ मा एक करोड १३ लाख ९२ हजार पाँच सय रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक करोड २५ लाख दुई हजार तीन सय ७५ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ५१ करोड ९० लाख रुपैयाँ रहेको बैंकले आव २०७७–०७८ मा एक अर्ब ६४ करोड ३४ लाख ७६ हजार तीन सय ६५ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ८६ करोड ४५ लाख ६०० हजार १३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड ३२ लाख ६५ हजार आठ सय ७५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ५० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक अर्ब ३१ करोड ६८ लाख ५० हजार दुुई सय ४८ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब १३ करोड ५६ लाख ६८ हजार छ सय ५४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड ९३ लाख २४ हजार तीन सय ६८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।