काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–०७८ मा ३२ करोड ५७ लाख ४६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा सात करोड ९९ लाख १६ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ४१ करोड ९० लाख ५४ हजार रुपैयाँ रहेको संस्थाले आव २०७७–०७८ मा दुई अर्ब ५९ करोड ११ लाख ३५ हजार रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब २६ करोड ६५ लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ६३ करोड ४१ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड ७५ लाख २५ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ९४ प्रतिशत रहेको छ ।
अवधिल्लो आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ६१ करोड ७४ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब १६ करोड नौ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २७ करोड ५३ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १० करोड २० लाख २८ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव २८ प्रतिशत रहेको थियो ।