काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दुई दिन लगातार ओरालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार १७ दसमलव छ अंकले उकालो लागेर तीन हजार ९४ दसमलव पाँच अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव चार अंकले उकालो लागेर पाँच सय ७१ दसमलव ३९ अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय ३२ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसअन्तर्गत एक लाख ३० हजार नौ सय ३८ पटकको कारोवारमा दुई करोड १६ लाख ९० हजार पाँच सय ८५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसबाट आज कुल कारोवार रकम १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार सात सय ९२ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहरु मध्ये आठ वटा उपसमुहरुको सुचक ओरालो लागेकाछन भने पाँच वटा उपसमुहरुको सुचक उकालो लागेका छन् । जसमध्ये बाणिज्य बैंक, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बिकास बैंक, जलबिद्युत, फाईनान्स उपसमुहको सुचक पनि एक सय २० दसमलव २२ अंकले उकालो लागेर तीन हजार दुई सय ६८ दसमलव ५८ बिन्दुमा चढेकोमा लघुबित्त उपसमुहको सुचक पनि ३७ दसमलव ५७ अंकले उकालो लागेर पाँच हजार नौ सय २७ दसमलव ५३ बिन्दुमा चढेको छ भने होटल तथा पर्यटन समुहको सुचक पनि ११ दसमलव ५१ अंकले उकालो लागेको छ ।