काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले महानगरीय ट्राफिक प्रहरी महाशाखासँग ट्राफिक जनचेतनामूलक कार्यक्रम, सवारी नियमहरुको पालना तथा नो हर्न कार्यक्रम सञ्चालन गर्न सहकार्य गर्ने भएको छ ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको छ सदस्यीय प्रतिनिधिमण्डलले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईसँग भेटी उक्त महाशाखाले अगाडि बढाइरहेको ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरुमा सहकार्य गर्नेबारे छलफल भएको नाडाले जनाएको छ ।
नाडाले विगत देढ दशक अघिदेखि महानगरीय महाशाखालाई भौतिक रुपमा समेत सहयोग पु¥याउँदै आइरहेको र राजधानीको ट्राफिक व्यवस्थापनका कार्यहरुमा समेत सहयोग गर्दै आएको नाडाले जनाएको छ । सो छलफलमा उपाध्यक्ष करण कुमार चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुपकुमार बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।