काठमाडौं । गोर्खाज फाइनान्सले २६औं वार्षिक साधारणसभाको आह्वान गरेको छ । फाइनान्सले यसअघि यही वैशाख २१ गतेको लागि आह्वान गरेको वार्षिक साधारणसभा कोभिड १९ को महामारीका कारण स्थगित भएपछि यही भदौ २४ गते होटल क्राउन इम्पेरियल सोल्टीमोडमा वार्षिक साधारण गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत संस्थाले आर्थिक वर्ष २०७७–०७८ को वार्षिक वित्तीय विवरण सार्वजनिक गर्नेलगायातका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ । फाइनान्सले उक्त आर्थिक वर्षको नाफाबाट कुुनै पनि किसिमको नगद लाभांश, बोनस सेयर वितरण नगर्ने घोषणा गरेको छ । फाइनान्सको हाल चुक्ता पुँजी ८६ करोड ७९ लाख रूपैयाँ रहेको छ ।