काठमाडौँ ।कृषि क्षेत्रको विकासमा टेवा पु¥याउने उद्देश्यले स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले स्थापनको छोटो समयमा नै १५ जिल्लामा आधिकारिक व्यावसायिक साझेदार विस्तार गर्न सफल भएको छ । साथै कम्पनीले ५० वटाभन्दा बढी जिल्लाका कृषकहरूमा गुणस्तरीय सेवा विस्तार गरेको छ ।
यस्तै कम्पनीले कृषकहरूलाई समयानुकूलका आवश्यक प्रविधि हस्तान्तरणको लागि तालिमलगायतका अभियानहरू समेत सञ्चालन गर्दै आएको छ । कम्पनीको तेस्रो वार्षिक उत्सवको अवसरका कम्पनीले एक विज्ञप्ति जारी गरी कम्पनीले देशको कृषि अर्थतन्त्रमा टेवा पु¥याउनको लागि कृषि पेसालाई प्रतिस्पर्धी र मर्यादित बनाई युवाहरूको आकर्षणको केन्द्र बनाउने लक्ष्यसहित समग्र कृषि मूल्य श्रृंखलाको अवयवहरूमा काम गर्ने उद्देश्य लिएको जनाएको छ ।
विभिन्न उद्देश्यहरू प्राप्तिको लागि आफ्नो स्थापनाकालदेखि नै कम्पनीले विभिन्न कृषि व्यवसायी, कृषक समूह तथा सहकारीहरूसँग सहकार्य गर्दै कृषकहरूलाई आवश्यक पर्ने गुणस्तरीय उत्पादका साधनहरू, प्रविधि र वित्तीय पहुँचमा सहजीकरण कसरी गर्न सकिन्छ र कृषकहरूले उत्पादन गरेको उपजहरूलाई उपभोक्तासमक्ष कसरी सहज, सुलभ र सुरक्षित रूपमा पु¥याउन सकिन्छ भन्नेबारेमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, उत्पादक कम्पनीहरूसँग सहकार्य गर्दै आएको बताएको छ । यस्तै देशका विभिन्न भू–भागमा कृषि पेसा गर्दै आइरहेका कृषकहरूलाई सहजीकरण गर्नको लािग सोहीअनुसार व्यावसायिक साझेदारी गरी व्यवसाय सञ्चालन गर्दै आइरहेको पनि जानकारी गराएको छ ।
यस्तै कम्पनीले तेस्रो वर्ष पार गरी चौथो वर्षमा प्रवेश गरेको अवसर पारेर आव २०७७÷०७८ मा उत्कृष्ट व्यावसायिक साझेदार गर्ने विभिन्न कम्पनी÷फर्म÷कृषक समूहहरूलाई पुरस्कृत गरेको छ । जसअन्तर्गत गणपति एग्रिकल्चर प्रालि, धादिङलाई वर्ष उत्कृष्ट व्यवसाय साझेदार पुरस्कार, जय किसान एग्रो मार्ट एन्ड मेसिनरी, कपिलवस्तुलाई उदाउँदो व्यवसायी पुरस्कार, तमोर कृषि भण्डार, झापालाई दिगो व्यावसायिक साझेदार पुरस्कार र भ्यु टावर तरकारी पकेट, काठमाडौँलाई उत्कृष्ट कृषक समूह पुरस्कारबाट सम्मान गरिएको छ । साथै कम्पनीको सेवामा रही उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरू कमल पण्डितलाई वर्ष उत्कृष्ट कर्मचारी र सन्दिप रिजाल, दिपेश थापा र हेमराज ढकाललाई विभिन्न विधामा पुरस्कृत गरी थप हौसला प्रदान गर्ने काम भएको छ ।