काठमाडौँ ।अन्तर्राष्ट्रियस्तरमा चर्चित इन्टेक्स ब्रान्डका इलोट्रोनिक्स सामान अब नेपाली बजारमा पाइने भएको छ । रिसिक टेडिङ कन्सर्न प्रालि नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा रहेको छ । विश्वबजारमा आफूलाई स्थापित गर्न सफल उक्त कम्पनीबाट उत्पादित सामानहरु गुणस्तरीय र भरपर्दो रहेको छ । यस कम्पनीले हरेक परिवारका लागि आवश्यक पर्ने इलोक्ट्रोनिक्सका सामानहरु उत्पादन गर्दै विश्वबजारमा उपलब्ध गराउँदै आएको छ ।
नेपाली सिनेजगतकी चर्चित नायिका करिश्मा मानन्धरले यस ब्रान्डलाई नेपालमा आधिकारिक रुपमा भित्र्याएकी हुन् । रिसिक टेडिङ कन्सर्नकी म्यानेजिड डाइरेक्टर समेत रहेकी अभिनेत्री मानन्धरले घरायसी रुपमा प्रयोग हुने इलोक्ट्रोनिक्स सामान खरिद गर्दा उपभोक्ताले अबदेखि यो ब्रान्डलाई नै रोज्नेमा आफू विश्वस्त रहेको समेत बताइन् ।
२५ वर्षअघिबाट यस ब्रान्डका सामानहरु विश्वबजारमा आए पनि नेपालमा भने होम अप्लायन्स र स्मल होम अप्लायन्सका सामान आधिकारिक रुपमा पहिलोपटक नेपाल भित्रिएको हो । आठ वर्षअघि कम्पनीले उत्पादन गरेको मोबाइल नेपाल भित्रिएको र सन २०१५ मा नेपाल र भारतमा नम्बर एक ब्रान्डको रुपमा स्थापित भएको थियो । कम्पनीका वस्तुमाथि क्वालिटी र गुणस्तरमा प्रश्न उठाउने ठाउँ नरहेको इन्टेक्स ब्रान्डका अन्तर्राष्ट्रिय व्यापार प्रमुख विश्वास अग्रवालले बताए ।
इन्टेक्स ब्रान्डका सामानको एक वर्षदेखि १० वर्षसम्म वारेन्टी रहेको अग्रवालले जानकारी दिए । नेपालमा आधिकारिक रुपमा भित्रिएको उक्त ब्रान्डलाई नम्बर १ बनाउने प्रयासमा आफूहरु रहेको उनको भनाइ छ ।देशभर नै उक्त कम्पनीले सर्भिस सेन्टरहरुको स्थापना गरिसकेको जनाएको छ । कम्पनीको उद्देश्य बेस्ट क्वालिटीका गुणस्तरीय सामान उपभोक्तालाई दिनु रहेको अग्रवालले बताए । उनका अनुसार कम्पनीको ब्रान्डका सामान प्रयोग गर्ने कुनै पनि उपभोक्ताले पछूतो मान्नुपर्नेछैन । कम्पनीले राम्रो सामान सही मूल्यमा उपभोक्तलाई उपलब्ध गराउँदै आएको इन्टेक्स ब्रान्डका कन्ट्री म्यानेजर विनय जोशीले बताए ।