हेटौडा ।जिल्ला प्रशासन कार्यालय मकवानपुरले सेवाग्राहीलाई दिने सेवा सुविधालाई झन् चुस्त र प्रभावकारी बनाउनको लागि कार्यलयलाई प्रविधिमैत्री बनाउँदै लागेको छ । नागरिक सन्तुष्टिमा अभिवृद्धि गर्ने उद्देश्यले प्रविधिमैत्री बनाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भारतमणि पाण्डेले बताए ।
स्वाभाविक रूपमा जिल्ला प्रशासनमा नागरिकता, पासपोर्टलगायतको कामले गर्दा भीड हुन्छ, सर्वसाधारणमा भीड हुनाको कारण कोभिड–१९ को जोखिमलाई पनि कम गर्ने उद्देश्य र लाइन बस्न नपर्ने गरी टोकन प्रणालीको व्यवस्था गरिएको छ । यसैगरी कार्यालयसँग सम्बन्धित सूचनाको लागि डिजिटल डिसप्लेको व्यवस्था गरिनुका साथै सेवाग्राहीको चाहनालाई ध्यानमा राखी कार्यलय परिसरमा फ्री वाइफाइको व्यवस्था गरिएको छ ।
राजस्व बुझाउन टाढा बैंकमा जाँदा आउँदा समय बढी लाग्नुका कारण दुःख पनि हुने भएकोले कार्यालय परिसरभित्रै बैंकको काउन्टर स्थापना गरिएको छ । पछिल्लो समयमा वैदेशिक रोजगारीतर्फ युवा, युवतीहरूको आकर्षण बढ्दै गएको र नबुझी वैदेशिक रोजगारीमा जाँदा, गएर दुःख नपाउन भनेर कार्यालय हाताभित्रै वैदेशिक परामर्श सेवा केन्द्र राखी नियमित परामर्श प्रदान गर्दै आइरहेको छ । यसैगरी महिला स्तनपान कक्षलाई थप व्यवस्थित गर्दै सञ्चालन गरिएको छ ।
कार्यालयबाट प्रदान गरिने सेवा सुविधालगायत कार्यालयसँग सम्बन्धित गुनासो सुनुवाइको लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई अधिकारी तोकी प्रथामिकताका साथ सम्बोधन गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । उनले आव ०७७÷७८ मा दर्ता भएका मुद्दाहरूमा ८२ दशमलव ६१ प्रतिशत फछ्र्यौट भएको र यो आवमा पनि अहिलेसम्म दर्ता भएका २० मुद्दामा ८ मुद्दा टुंगिएको बताए । नागरिकता र पासपोर्टको लागि बाहिरी जिल्लाबाट अभिलेख भीडाउनको लागि सोधी आएको पत्रलाई प्राथामिकतामा राखी आधा घण्टामा नै जवाफ पठाउने गरिएको बताइएको छ ।
विपत् व्यवस्थापनका सूचना तल्त्काल प्रवाह गर्न उपकरणसहित २४सै घण्टा सञ्चालन हुने आपतकालीन केन्द्र सञ्चालनमा ल्याइनुका साथै यसका पदाधिकारीहरूलाई सूचना तथा जानकारीहरू प्रवाह गर्ने व्यवस्था मिलाइएको छ । कार्यालयमा सफ्टवेयरबाट प्राप्त हुने र बाहिर पठाइने पत्रहरूका साथै आन्तरिक पत्रको व्यवस्थापनको लागि इााष्अभ ब्गतयmबतष्यल क्थकतझ मा लगिँदै गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।