कोलम्बो । श्रीलंकामा खाद्यान्नको संकट भएको भनी प्रकाशित समाचारहरुप्रति यहाँको सरकारले खण्डन गरेको छ । श्रीलंकाली सरकारले यहाँ खाद्यान्नको आपूर्ति नभएको र यहाँ अहिले नै खाद्य संकटकालको घोषणा गर्नुपर्ने अवस्था पनि नरहेको बताएको हो ।
हालै मात्र यहाँका केही सञ्चारमाध्यमले यहाँ खाद्यान्नको अभाव भएको र श्रीलंकाली सरकारले यहाँ खाद्य संकट घोषणा गर्न लागेको बताएका थिए । तर पनि त्यस्तो अवस्था नरहेको यहाँको सरकारले जनाएको छ । यहाँका बजार तथा उद्योग विकासमन्त्री अजित निब्रद काबरालले यहाँ त्यस्तो अवस्था नरहेको र यस्तो घोषणा गर्नुपर्ने अवस्था पनि नआएको बताएका छन् ।