अमेरिका । एप्पलले आफ्नो विवादास्पद बाल अश्लीलता संरक्षण उपाय सञ्चालनमा अझै ढिलाइ गर्ने शुक्रबार बताएको छ । एप्पलका उपकरण तथा सेवाको गोपनीयतामाथि आरोप लागेपछि एप्पलले बाल सुरक्षा उपायलाई ल्याउने घोषणा यस पहिले नै गरेको भए पनि प्राविधिक कठिनाइका कारण यसलाई प्रयोगमा ल्याउन कठिनाइ भएको बताएको हो ।
अमेरिकी राज्य क्यालिफोर्नियाको सिलिकन भ्यालीमा मुख्यालय रहेकोे एप्पल कम्पनीको उत्पादन आइफोन र आइप्याडले चाँडै बाल यौन दुव्र्यवहार भएका तस्बिरहरू पत्ता लगाउन थाल्नेछन् र संयुक्त राज्य अमेरिकामा यसको अनलाइन भण्डारणमा अपलोड हुँदा रिपोर्ट गर्ने बताएका थिए । डिजिटल अधिकार संगठनहरूले एप्पलको सञ्चालन प्रणालीको आनाकानीलाई तुरुन्तै सरकार वा अन्य समूहद्वारा शोषण गर्न सकिने उपकरणहरूमा सम्भावित गैरकानुनी बाटो लिएको प्रतिक्रिया जनाएका छन् ।
एप्पलले विलम्बको हुनुमा उसका ग्राहक, अधिकार समूह, अनुसन्धाता तथा अन्य व्यक्तिहरूको प्रतिक्रिया देखाउँदै बाल अश्लीलता संरक्षण उपाय सञ्चालनमा अझै ढिलाइ हुने बताएको हो । कम्पनीले भनेको छ, ‘हामीले आगामी महिनाहरूमा यी महत्वपूर्ण बाल सुरक्षा सुविधाहरू जारी गर्नुअघि आगत संकलन गर्न र सुधार गर्न थप समय लिने निर्णय गरेका छौँ ।’
नयाँ प्रविधिले एप्पल मोबाइल उपकरणहरूलाई सुरक्षा संगठनहरूले प्रदान गरेको ज्ञात बाल यौन दुव्र्यवहार, तस्बिरहरूको डाटाबेसविरुद्ध प्रयोगकर्ताको फोनमा दुव्र्यवहारपूर्ण फोटोहरू मिलाउन एप्पल मोबाइलका उपकरणहरूलाई सहयोग गर्ने र त्यसपछि एप्पलको अनलाइन आइक्लाउड भण्डारणमा अपलोड गर्दा तस्बिरहरूमा संकेतको अनुमति दिने कम्पनीले बताएको छ । यदि क्रिप्टोग्राफिक प्रविधिद्वारा सञ्चालित यो प्रणाली प्रयोगमा गयो भने परिणाम प्रकट नगरीकन कुनै पनि दुरूस्त उस्तै तस्बिरलाई बाल यौन दुर्व्यवहारमा प्रयोग गर्न मिल्नेछैन ।