काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्थाले आर्थिक बर्ष २०७७–०७८ मा १८ करोड ४३ लाख रुपैयाँ खुद नोाक्सानी बेहोरेको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाले १२ लाख २९ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो ।
हाल चुक्ता पुँजी दुई करोड ७६ लाख २५ हजार रुपैयाँ रहेको संस्थाले आव २०७७–०७८ मा पाँच करोड ५४ लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरी ३५ करोड ८८ लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक करोड २३ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने संस्थाले तीन करोड ७६ लाख ५८ हजार रुपैयाँ निक्षेप संकलन गरी ३२ करोड ४२ लाख एक हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ४२ लाख ८१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ५९ लाख ५१ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव २४ प्रतिशत रहेको थियो ।