काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७७–०७८ मा ११ करोड ४० लाख ४४ हजार तीन सय ९३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सको यस्तो मुनाफा ११ करोड ३७ लाख ५४ हजार सात सय २६ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८९ करोड एक लाख ३४ हजार आठ सय ८० रुपैयाँ रहेको फाइनान्सले आव २०७७–०७८ मा पाँच अर्ब ८८ करोड ४२ लाख ६५ हजार छ सय ४१ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब २८ करोड ९४ लाख ९६ हजार आठ सय ४५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २१ करोड ३७ लाख ७४ हजार नौ सय १५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ६२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ८० प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा भने नौ करोड ३८ लाख २७ हजार चार सय ७२ रुपैयाँ रहेको छ ।
अघिल्लो आवमा भने फाइनान्सले पाँच अर्ब छ करोड २९ लाख ४६ हजार सात सय ५३ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ४३ करोड १६ लाख ३२ हजार एक सय ३७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २६ करोड ४३ लाख ७२ हजार एक सय आठ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव छ प्रतिशत रहेको थियो ।