काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले आर्थिक वर्ष २०७७–०७८ मा चार करोड ११ लाख ५२ हजार चार सय ५४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा तीन करोड ४९ लाख ९६ हजार दुई सय ३१ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८० करोड एक लाख रुपैयाँ रहेको फाइनान्सले आव २०७७–०७८ मा दुई अर्ब ९४ करोड ३६ लाख ६३ हजार तीन सय आठ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २३ करोड ६८ लाख ८१ हजार आठ सय ३६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड ९७ लाख १३ हजार छ सय ४० रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ४६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवलधिमा स्प्रेड दर तीन दशमलव ५५ प्रतिशत रहेको फाइनान्सको वितरणयोग्य नाफा चार करोड ३२ लाख पाँच हजार दुई सय ७० रुपैयाँ रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सले एक अर्ब ७४ करोड ४३ लाख ९९ हजार आठ सय ५७ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २१ करोड १० लाख ५० हजार तीन सय ६९ रुपैयाँ कर्र्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड पाँच लाख ४३ हजार नौ सय ६१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा दुई दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ७० प्रतिशत रहेको थियो ।