काठमाडौं । कुमारी बैंक लिमिटेडले हाल द्रुत गतिमा बढ्दै गएको कोभिड–१९ को संक्रमणसँग जुध्नका लागि ‘निःशुल्क एन्टिजेन टेस्ट् क्याम्प’ आयोजना गरेको जनाएको छ ।
सो क्याम्प काठमाडौँको टंगालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा, भदौ १८ गते शुक्रबार आयोजना गरेको जानकारी बैंकले दिएको छ । क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई एन्टिजेन टेस्ट गराउने व्यक्तिको कोरोना संक्रमण भए–नभएको रिपोर्ट १५ मिनेटमा नै दिएको जानकारी गराएको छ । आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोना विरुद्धको लडाइँमा बैंकले सहयोग गर्ने उद्देश्यले उपरोक्त कार्यकम आयोजना गरेको हो ।
आफ्नो डिजिटल सामथ्र्यलाई परिस्कृत गर्न कुमारी बैंकले आफ्ना देशव्यापी एक सय ९६ शाखा सञ्जाल, एक सय ६५ एटीएम, २८ शाखारहित बैंकिङ एकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरूमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरू सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।