काठमाडौं । एनएमबी बैंकका ग्राहकले दराजबाट किस्ताबन्दीमा सामान किन्न पाउने भएका छन् । बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरूले नेपालको अग्रणी अनलाइन दराजबाट किस्ताबन्दीमा समान खरिद गर्न पाउने गरी सम्झौता गरेको हो ।
एनएमबी बैंकका क्रेडिक कार्ड प्रयोगकर्ताले दराजबाट आफूलाई आवश्यक सामानहरू किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् । यसको लागि ग्राहकले दराजबाट भुक्तानी गरी समान खरिद गर्नेछन् र उक्त खरिद रकमलाई एनएमबी बैंकले ईएममाईमा रूपान्तरण गर्नेछ ।
बैंकले आफ्नोे सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरू ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ । बैंकले हाल देशभरि एक सय ८१ शाखा, एक सय ३७ एटीएमहरू, नौवटा एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।