काठमाडौं । बैंक अफ काठमाण्डू कुशे औंसी र हरितालिका तीजलक्षित नगद फिर्ता योजना सर्वजनिक गरेको छ । बैंकले ग्राहकहरूको हितलाई मध्यनजर गर्दै आउँदै गरेको चाडपर्वहरू कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन र हरितालिका तीजको अवसरलाई लक्षित गरी फुडमाण्डू, भोज डिल तथा खानपिन फुडमार्फत आफूलाई मनपर्ने खाना तथा खाजाहरू अनलाइनमार्फत खरिद गर्दा नगद फिर्ता योजना ल्याएको हो । उक्त योजनाअन्तर्गत ग्राहकहरूलाई मनपर्ने खाना तथा खाजाहरू अनलाइनमार्फत खरिद गरी बैंकको मोबाइल बैंकिङ तथा कार्डको माध्यमबाट भुक्तानी गर्दा २५ प्रतिशत वा पाँच सय रुपैयाँसम्मको नगद फिर्ता पाउनेछन् ।
ग्राहकहरूले नगद फिर्ता योजनामा सहभागी हुनको लागि अनलाइन अडरपश्चात् बिल भुक्तानी गर्दा बैंकको मोबाइल बैंकिङमार्फत क्यूआर कोड स्क्यान गरी तथा बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत अनलाइन कारोबार गर्नुपर्ने हुन्छ । यस नगद फिर्ता योजना २०७८ साल भदौ २० गतेदेखि २०७८ साल भदौ २४ गतेसम्म लागू हुनेछ । यस नगद फिर्ता योजनामा सहभागी भएपछि प्रयोगकर्ताहरूले कारोबार गरेको मूल्यको २५ प्रतिशत वा पाँच सय रुपैयाँसम्मको नगद फिर्ता कारोबार गरेको पछिल्लो दिन बैंकले सम्बन्धित बैंक खातामा जम्मा गरिदिनेछ । ग्राहकहरूले यो सुविधा योजना अवधिभर हरेक दिनको एक पटकसम्म प्रयोग गर्न सक्नेछन् ।
बैंकले ९० वटा शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । नेपालीहरूको महान चाडपर्वहरू कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन तथा हरितालिका तीजको अवसरमा सम्पूर्ण ग्राहकहरूमा हार्दिक शुभकामना व्यक्त गरेको छ । साथै, चाडपर्वहरू हर्षोल्लासको साथ घरै बसेर सुरक्षितरूपमा चाडपर्व मनाउन पनि बैंकले आग्रह गरेको छ ।