काठमाडौं, माघ १२
युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड, सञ्चालक समितिको अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ चयन भएका छन् । श्रेष्ठ कम्पनीको संस्थापक सेयरधनी एनई गु्रप प्रालिका अध्यक्ष समेत कम्पनीले जानकारी दिएको छ । बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका बमोजिमआज अध्यक्ष श्रेष्ठले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंबाट शपथ लिएर पदभार ग्रहण गरेका हुन् । अध्यक्ष श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सहायक मन्त्री र नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेतको जिम्मेवारी सफलतापूर्वक वहन गरिसेका छन् । देशको अर्थतन्त्रप्रति गहिरो रूचि राख्ने अध्यक्ष श्रेष्ठ नेपालको निजी क्षेत्रको प्रतिविम्ब मानिन्छन् ।
अध्यक्ष श्रेष्ठले युनाइटेड इन्स्योरेन्स कम्पनीलाई नयाँ उचाइमा पु¥याउन आफू प्रतिबद्ध रहेको बताएका छन् । कुशल व्यवस्थापकीय क्षमताका कारण समाजमा ख्याति कमाएका श्रेष्ठले सञ्चालक समिति र सम्पूर्ण सेयरधनीहरूबीच सुमधुर सम्बन्ध विस्तार गरी युनाइटेड इन्स्योरेन्सलाई देशकै उत्कृष्ट बीमा कम्पनीकारूपमा स्थापित गर्ने बिश्वास गरिएको छ । साथै, अध्यक्ष श्रेष्ठले कम्पनीलाई पूर्ण व्यवसायिकरूपमा अगाडि बढाउन आफू प्रतिबद्ध रहेको बताउँदै यसका लागि नियामक निकाय, सेयरधनी, बीमित एवं शुभेच्छुकहरूबाट पूर्ण साथ र सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गरेका छन् ।