चीन । चीनको एक अदालतले अलिबाबाका एक पूर्वकर्मचारीमाथि लागेको यौन दुराचारको आरोपमा सफाइ दिएको छ । उत्तरपूर्वी चीनको शान्डोङ प्रान्तस्थित जिल्ला अदालतले आफूले जबर्जस्ती अभद्रता प्रदर्शन गरेको स्वीकारेको भन्दै त्यो अपराध नभएकोले वांग नाम भएका ती पूर्वकर्मचारीलाई सफाइ दिएको बीबीसीले जनाएको छ ।
गत महिना उनलाई प्रहरीले पक्राउ गरेको थियो । अलिबाबाकै महिला कर्मचारीलाई व्यावसायिक यात्राको क्रममा उनले यौनिक दुराचार गरेको आरोप लागेको थियो । उनको आरोप चिनियाँ सामाजिक सञ्जालमा भाइरल भएको थियो । अदालतले सफाइ दिए पनि आरोपित व्यक्ति अझै १५ दिन सजायस्वरुप जेलमै रहने बताइएको छ । प्रहरीले उक्त घटनाको अनुसन्धान पनि टुंग्याएको जनाएको छ ।