काठमाडौं । सेयर बजार परिसुचक २८ अंकमा खुम्चिएको छ । केहीदिन देखि लगातार ओरालो लाग्दै आएको सेयर बजार परिसुचक साताको चौथो कारोवार दिन आज बुधबार ६० दसलव दुई अंकले ओरालो लागेर २८ सय ७६ दसमलव ५९ अंकमा खुम्चिएको हो ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ११ दसमलव ९१ अंकले ओरालो लागेर पाँच सय ३६ दसमलव ५१ अंकमा खुम्चिएको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २५ वटा कम्पनीहरुको सेयर कारोवार भएको छ । जसबाट ७४ हजार आठ सय ९० पटकको कारोवारमा एक करोड ६१ लाख ४८ हजार छ सय ५२ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त खरिदबिक्रीका आधारमा आज कुल सेयर कारोवार रकम छ अर्ब ६४ करोड ६६ लाख २३ हजार चार सय २७ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये सबै उपसमुहरुको सुचक ओरालो लाग्दा सेयर बजार परिसुचक पुरै रातो देखिएको छ ।