काठमाडौं । जापानको हेल्दी होम पेन्ट केएनपीले दशैँको शुभ अवसर पारेर पुनः एक पटक ‘रङ्गमा दङ्ग’ योजना नेपाली बजारमा ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले केएनपी इम्प्रेसन २४ क्यारेट, माइका मार्बल र एक्सल टोटलको भ्याटसहित हरेक ६० हजार रुपैयाँको खरिद गरी लक्की ड्रमा सहभागी हुन सक्नेछन् ।
यस योजनामा लक्की ड्रमार्फत हरेक हप्ता एक जना भाग्यशाली विजेताले २० हजार रुपैयाँ जित्न सक्नेछन् । त्यसैगरी योजना अवधिभर एक जना भाग्यशाली विजेताले पाँच लाख रुपैयाँ नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् । यसका साथै ग्राहकहरुले हात खाली नजाने उपहारअन्तर्गत एक थान केएनपी थाली सेट प्राप्त गर्न सक्नेछन् भने लक्की ड्रमा सहभागी हुनको लागि ग्राहकहरुले केएनपी स्पेस बिल नम्बर स्पेस कस्टोमर नेम टाइप गरी ३४००१ मा एसएमएस गर्नुपर्नेछ ।
सन् २०१२ देखि नेपालमा आफ्नो उत्पादन गर्न सुरु गरेको केएनपी जापानले वातावरणमैत्री पेन्टलाई प्राथमिकता दिँदै हेल्दी होम पेन्ट उत्पादन गर्दै आएको छ । नेपालमा भीओसीरहित पेन्टलाई सशक्त रुपमा आत्मसात् गर्दै अगाडि बढेको केएनपीले स्वास्थ्य जीवन र स्वच्छ वातावरणको प्रचारप्रसार गर्दै आएको छ ।