काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरूले फर्निचर वान स्टोरमा छुट पाउने भएका छन् । बैंक अफ काठमाण्डू लिमिटेड र फर्निचर वान स्टोरबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरूलाई २० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
उक्त सम्झौतापश्चात् ग्राहकहरूले फर्निचर वान स्टोरबाट घर तथा अफिसको लागि आवश्यक फर्निचरहरू खरिदबापत बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको २० प्रतिशतसम्म छुट पाउनेछन् । फर्निचर वान स्टोरले डिल्लिबजारबाट सेवाग्राहीहरूलाई आवश्यक गुणस्तरिय फर्निचरहरू बिक्री गर्दै आइरहेको छ । बैंकले हाल ९० शाखा कार्यालयहरू, ८० एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।