काठमाडौं । सेयर बजारमा करेक्सन देखिएको छ । यसअघि लगातार ओरालो लागेको सेयर बजार परिसुचक गठबन्धन सरकारले पुर्ववर्ती सरकारले अध्यादेश मार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्ने अर्को बजेट घोषणा गर्दे यसको सकारात्मक प्रभाव सेयर बजारमा पनि परेको छ ।
सोही आधारमा साताको पहिलो दिन आज आईतबार बजार परिसुचक ७१ दसमलव ४३ अंकले उकालो लागेर दुई हजार नौ सय ४७ दसमलव ४२ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १३ दसमलव तीन अंकले उकालो लागेर पाँच सय ४८ दसमलव २९ बिन्दुुमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत कुल दुई सय ३१ वटा कम्पनीहरुको सेयर खरिद खरिद बिक्री भएका छन् । जसअन्र्तगत ९६ हजार पाँच सय ९१ पटकको कारोवारमा एक करोड ७१ लाख तीन सय ३३ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोवार रकम नौ अर्ब ४४ करोड ३५ हजार ४४ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन १३ वटा उपसमुहरुको कारोवार भएका छन् । जसमध्ये सामुुहिक लगानी कोष उपसमुहको सुचक घटेर बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स सहितका १३ वटा उपसमुहरुको सुचक बढेका छन् ।