काठमाडौं । विकास बैंकहरुमा निक्षेपभन्दा पनि कर्जाको वृद्धिदर अधिक देखिएको छ । विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर एसोसिएसनका अनुसार गत साता क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १५ वटा विकास बैंकहरुको कुुल निक्षेप चार खर्ब ८८ अर्ब ५४ करोड ९८ लाख १० हजार रुपैयाँ रहेको थियो । यो साता भने यस्तो निक्षेप शून्य दशमलव १५ प्रतिशतले बढेर चार खर्ब ८९ अर्ब २८ करोड १२ लाख ४० हजार रुपैयाँ पुगेको छ ।
विकास बैंकहरुले प्रवाह गरेको कर्जा रकम भने गत साताको तुुलनामा शून्य दशमलव ७३ प्रतिशतले बढेको छ । एसोसिएनका अनुसार गत साता सञ्चालनमा रहेका कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक र सहारा विकास बैंकबाहेकका १५ वटा विकास बैंकहरुको कुल कर्जा चार खर्ब ३३ अर्ब आठ करोड ५८ लाख ८० हजार रुपैयाँ रहेको थियो । तर यो साता भने यस्तो कर्जा रकम तीन अर्ब १४ करोड ९९ लाख १० हजार रुपैयाँले बढेर चार खर्ब ३६ अर्ब २३ करोड ५७ लाख ९० हजार रुपैयाँ पुगेको छ । यस अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको मात्र कुल निक्षेप भने गत साताको तुलनामा शून्य दशमलव २४ प्रतिशतले बढेको छ ।
गत साता राष्ट्रियस्तरका विकास बैंकहरुले चार खर्ब १६ अर्ब १६ अर्ब ३७ करोड ९२ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरेकोमा यो साता यस्तो निक्षेप रकम ९८ करोड २१ लाख ९० हजार रुपैयाँले बढेर चार खर्ब १७ अर्ब ३६ करोड १४ लाख ४० हजार रुपैयाँ पुगेको छ । यसैगरी यस अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुले प्रवाह गरेको कुुल कर्जा रकम पनि शून्य दशमलव ७९ प्रतिशतले बढेको छ । गत साता यस्ता बैंकहरुले तीन खर्ब ६५ अर्ब ९१ करोड ३३ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेको यो साता यस्तो कर्जा रकम दुई अर्ब ८९ करोड १६ लाख ८० हजार रुपैयाँले बढेर तीन खर्ब ६८ अर्ब ८० करोड ५० लाख छ हजार रुपैयाँ पुगेको छ ।
एसोसिएसनका अनुसार क्षेत्रीयस्तरका विकास बैंकहरुको निक्षेपमा भने पछिल्लो समय शून्य दशमलव ३५ प्रतिशतले गिरावट आएको छ । गत साता क्षेत्रीय बैंकहरुले ७२ अर्ब १७ करोड पाँच लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरेकोमा यो याता यस्तो निक्षेप २५ करोड सात लाख ६० हजार रुपैयाँले घटेर ७१ अर्ब ९१ करोड ९८ लाख रुपैैयाँमा खुम्चिएको छ । यस अवधिमा क्षेत्रीय बैंकहरुको कर्जा रकम भने शून्य दशमलव ३८ प्रतिशतले बढेको छ ।
गत साता क्षेत्रीयस्तरका विकास बैंकहरुले ६७ अर्ब १७ करोड २५ लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा यो साता यस्तो कर्जा २५ करोड ८२ लाख ३० हजार रुपैयाँले बढेर ६७ अर्ब ४३ करोड सात लाख ३० हजार रुपैयाँ पुगेको छ । एसोसिएनसका अनुसार यही भदौ १९ गतेदेखि भदौ २५ गतेसम्ममा क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १५ वटा विकास बैंकहरुको निक्षेप तथा कर्जामा यस किसिमको उतारचढाव आएको हो ।
२५ लाख रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुरका अभियुक्त श्रेष्ठ पक्राउ : केन्द्र्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार भक्तपुर मध्यपुरठिमी नगरपालिका–९ बोडे बस्ने खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भएका ३२ वर्षीय हिरालाल श्रेष्ठलाई बैंकिङ कसुरको अभियोगमा शुक्रबार पक्राउ गरिएको हो ।
प्रवक्ता प्रहरी उपरीक्षक महतोका अनुसार बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७८ असार २९ गतेको फैसलाले श्रेष्ठलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र २५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले ललितपुरबाट फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितहरूलाई झुक्यानमा पारी सेन्चुरी बैंकको चेक दिई बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको प्रवक्ता महतोले जानकारी दिए ।