काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले १० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट उक्त अनुपातमा बोनस सेयर वितरण गर्न लागेको हो । बोनस सेयर वितरणसम्बन्धी प्रस्ताव कम्पनीको यही असोज २४ गते हुुने २४औँ वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार उक्तसभाले कम्पनीको हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट एकबराबर शून्य दशमलव पाँच प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित गर्ने तयारी गरेको छ ।