काठमाडौँ । नेपाल बैंकले मैत्री समाज नेपाललाई आर्थिक सहयोग गरेको छ । समाजका बिभिन्न क्षेत्रमा सहयोग गर्ने सिलसिलामा नेपाल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काभ्रे जिल्लाको धुलिखेलस्थित सन्जिवनी माध्यमिक विद्यालयमा अध्ययनरत फरक हिसाबले सक्षम बालबालिकाको लागि २० थान स्कुल ब्याग तथा २० थान इन्टर प्वाइन्ट ब्रेली स्लेट अफ ए ग्रेड उपलब्ध गराएको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार भदौ ३० गते बुुधबार नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले मैत्री समाज नेपालका अध्यक्ष प्रमेद्र ढकाललाई ४० हजार रुपैयाँबराबरको सामग्रीहरू हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बैंकका कम्पनी सचिव केशव भण्डारीको समेत उपस्थिति रहेको थियो ।