काठमाडौं, माघ १३
प्रभु बैंक लिमिटेडले धकधई शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आइतबारदेखि रूपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा नं. ०३ स्थित धकधइमा आफ्नो दुुई सय पाँचौँ शाखा खोली सञ्चालनमा ल्याएको हो । बैंकको धकधई शाखा कार्यालयको उद्घाटन रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले गरेका हुुन् ।
बैंकको धकधईमा शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि सनोजकुमार यादवले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँहरूमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरूपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । प्रभुको यो अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको भन्दै बैंकलाई सफलताको शुभकामना व्यतm गरे । बैंकका धकधई शाखा कार्यालय उद्घाटनका कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजीवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
बैंकको धकधई शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघसंस्थाहरूले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ बानीको विकासमा अभिवृद्धि भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा धकधई शाखाकार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।