काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबार ३० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । अपराह्न तीन बजेसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन सक्ने गरी उक्त परिमाणमा रिपो जारी गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार रिपोको परिपक्व हुने अवधि सात दिन अर्थात् यही असोज १४ गते तोकिएको छ ।