काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको पहिलो दिन आज आईतबार बजार परिसुचक ६१ दसमलव २७ अंकले ओरालो लागेर २७ सय ५८ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १० दसमलव सात अंंकले ओरालो लागेर पाँच सय १९ दसमलव ३६ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय ३३ वटा कम्पनीको सेयर कारोवार भएको छ । जसअन्तर्गत ७३ हजार छ सय ९३ पटकको कारोवारमा एक करोड ४४ लाख ९४ हजार दुई सय ६० कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधामा आज कुल कारोवार रकम छ अर्ब करोड एक लाख १७ हजार सात सय ८० रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्सें) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये १२ वटा उपसमुहको सुचक ओरालो लागेका छन् भने सामुुहिक लगानी कोष उपसमुहको सुचक शुन्य दसमलव शुन्य तीन अंकले उकालो लागेको छ ।