काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्डवाहकहरुले दराजको दशैँ धमाका योजनामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । नेपालीहरुको महान् चाड दशैँलाई लक्षित गरी दराजले २०७८ असोज १० गतेबाट सञ्चालनमा ल्याएको दशैं धमाका योजनामा बैंकको कार्डवाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्मको छुटको सुविधा उपयोग गर्न सक्नेछन् ।
बैंकको कार्डवाहकहरुले यस योजनाबाट आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यममार्फत प्रिपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरेका २० प्रतिशत वा अधिकतम दुुई हजार रुपैयाँसम्म छुट र क्रेडिट कार्ड प्रयोग गरेमा २० प्रतिशत वा अधिकतम २५ सय रुपैयाँसम्म छुटको पाउनेछन् । दशैँ धमाका योजनामा बैंकको कार्डवाहकहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २० प्र्रतिशतसम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन् ।